Section 16
मतगणना सम्बन्धी सामग्री बिगार्न वा नोक्सान गर्न नहुने
(१) कसैले पनि निर्वाचनको मतगणना भइरहेको अवस्थामा मतपेटिका वा मतपत्र वा निर्वाचन सम्बन्धी अन्य कुनै पनि कागजपत्र बल प्रयोग गरी वा नगरी खोस्न, लुट्न, बिगार्न वा कुनै किसिमले नोक्सान गर्न वा निर्वाचन अधिकृतको अनुमति बिना मतगणना स्थलबाट अन्यत्र लैजान हुँदैन ।
(२) उपदफा (१) विपरीतकोकार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
(२) उपदफा (१) विपरीतकोकार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।